१९ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा मंगलवार चौथो प्री-क्वार्टर फाइनल म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको म्याचमा जीएसएस सेभेन रम्बीले टिस्टा फूटबल एकाडमीलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल लाक्पा भूटियाले गरे। यसरी टिस्टा एफए-बाट दिपेनले गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ।

यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।