बेंगलुरु: ‘आदित्य-एल१’ ले सूर्यको बारेमा जानकारी संकलन गर्न पृथ्वीको कक्षा छोडेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आईएसआरओ) ले आज यो जानकारी दिएको हो। पृथ्वीको गुरुत्वाकर्षणको प्रभावले मंगलबार बिहान २ बजेतिर आदित्य–एल१ अगाडि बढेको थियो। त्यस्तै अब सौर्यको ४ महिनाको यात्रा शुरु भएको छ। आदित्य एल-१ पृथ्वी र सूर्य बीचको लाग्रेजियन बिन्दु १ अर्थात एल१ बिन्दु तर्फ द्रुत गतिमा सर्दैछ। यहाँ पुगेपछि यो हलो कक्षामा प्रवेश गर्नेछ।
यसअघि सोमबार इसरोले सामाजिक सञ्जाल प्लेटफर्ममा जानकारी दिएको थियो भारतको पहिलो सौर्य वेधशालामा जडान गरिएका सेन्सरहरूले पृथ्वीबाट ५० हजार किलोमिटरभन्दा टाढा रहेको आयन र इलेक्ट्रोन नाप्न थालेको इसरोले जनाएको छ। यो तथ्यांकले वैज्ञानिकहरूलाई पृथ्वी वरिपरि रहेका कणहरूको व्यवहारको विश्लेषण गर्न मद्दत गर्नेछ। यस वर्ष सेप्टेम्बर २ मा इसरोले पीएसएलभी-सी५७ रकेट मार्फत आदित्य-एल१ प्रक्षेपण गरेको थियो, जसलाई पृथ्वीबाट १.५ मिलियन किलोमिटर टाढा लाग्रेजियन पोइन्टt-१ (एल१) मा हलो कक्षामा लगिनेछ।