सोरेङः आँगनमा प्रशासन अन्तर्गत सोरेङ जिल्लाको रिब्दी भरेङ ग्राम पञ्चायत यूनिटमा आधार कार्ड बनाउने कार्य सम्पन्न भयो। विशेष गरेर गत १९-१८ सेप्टेम्बरको दिन बृद्ध, गर्भवती महिला र शारीरिकरूपमा असक्षम व्यक्तिहरूको पनि गाउँ-गाउँमा पुगेर आधार कार्ड बनाउने प्रक्रिया शुरू गरिएको छ।
दुई दिनको शिविरमा कूल १४२ जनाले आधार कार्ड बनाएको बताइएको छ भने यस शिविरलाई सुचारूपमा सञ्चालन गर्नको साथै फोटो खिँच्नको निम्ति डेसमीका सह निर्देशक एनटी भोटिया, र आधार कार्ड अप्रेटरद्वय अकविला राई र अर्पण थापाले सहयोग पुऱ्याएका थिए।