१९ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा कालेबुङ पुलिसले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। मंगलवार सिमुलबारी खेल मैदानमा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा कालेबुङ पुलिसले ३/९ जीआर-लाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। म्याचमा ३/९ जीआर टीमका खेलाड़ी विशाल शाहीलाई ६०औं मिनटमा रेड कार्ड देखाइयो। अब बुधवार खेलिने म्याचमा सिलगढ़ी युनाइटेड एफसी र जलपाइगढ़ी पुलिसबीच भिड़न्त हुनेछ। यस प्रतिष्ठित टुर्नामेण्टमा नामी-दामी २० वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः ६ र ७ अक्टोबरमा खेलिनेछ।

यसरी फाइनल १० अक्टोबरमा हुनेछ। सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको चौथो सीजनमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।