सोरेङमा आयोजित ४१औं नेशनल आर्म रेश्लिङ प्रतियोगिताको समापन

IMG-20230920-WA0000.jpg

गान्तोकः गेजिङ जिल्ला अन्तर्गत कन्या उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित ४१औं नेशनल आर्म रेश्लिङ प्रतियोगिताको समापन भयो। समापन कार्यक्रममा पीएचई विभाग मन्त्री भीम हाङ सुब्बा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

तीन दिवसीय सो प्रतियोगितामा कूल १५० जना खेलाडीहरूले अंशग्रहण गरेका थिए, जसमा मेघालय, त्रिपुरा, मध्य प्रदेश, आसम, कर्नाटका र छिमेकी देश नेपालका खेलाडीहरूले पनि सहभागिता जनाएका थिए। यस अवसरमा विशिष्ट अतिथिकोरूपमा पद्मश्री पुरस्कारले सम्मानित पेमा खाण्डु भोटिया, इन्डियान आर्म रेस्लिङ एसोसिएसनका अद्यक्ष पीएस भगावत लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement