खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ-सन्तमेरिज समष्टिको जरुरी सांगठनिक सभा सम्पन्न भएको छ। स्थानीय टुंग सार्वजनिक भवनमा सम्पन्न गरिएको सभालाई समष्टिको सल्लाहकार दिलीप गजमेरले अध्यक्षता गरेका थिए।
उक्त सभामा विशेष रुपले आगामी २४ सितम्बर २०२३-का दिन दार्जीलिङमा सम्पन्न हुन गईरहेको विराट रैली अनि जनसभामा समष्टिबाट भारी मात्रामा प्रतिनिधिहरु साथै पार्टी कार्यकर्ताहरुको सहभागिता रहनुपर्ने कुरोमाथि चर्चा गरियो।
आगामी आइतबारको जनसभालाई पूर्ण रुपले सफल तुल्याउन सबैको सहभागिताको अपिल गरिएको छ।

समष्टि युवा शक्ति सचिव दिपेश तामङद्वारा सञ्चालन गरिएको सभामा समष्टि सभापति एवं सभासद नुरी शेर्पा, युवा शक्ति सभापति उर्गेन घिसिङ लगायत सन्तमेरिज २ ग्राम पञ्चायतका समिति सदस्य बिरेन्द्र तामाङले सम्बोधन गरेका थिए। उक्त सभामा समष्टि अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनका प्रतिनिधिगण लगायत शाखा/प्रशाखाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।