गणेश महोत्सव पालन

IMG-20230528-WA0320-5-300x172-6

कालचिनीः मंगलबार गणेश चतुर्थीको शुरुवातसितै कालचिनी खण्डको विभिन्न ठाउँहरूमा गणेश पूजा महोत्सव शुरु भएको छ। यस क्रममा कालचिनी मोदी लाईनमा मंगलबारदेखि गणेश महोत्सव पर्व शुरु गरिएको जानकारी कमिटीको पक्षबाट बिक्कु यादवले दिएका छन्।
गणेश पूजाको निम्ति ७५१ किलोग्रामको लड्डू भोग चढ़ाएको र आगामी ९ दिनसम्म यो गणेश महोत्सव पालन हुने आयोजक कमिटीको सदस्यहरुले जनाएका छन्। यता हाँसीमारा र बीच चियाबारीमा पनि भव्यरुपमा गणेश महोत्सव पालन गरिएको जानकारी सो पूजा कमिटीको पक्षबाट रमेश प्रसाद र बिक्रम विश्वकर्माले जनाएका छन्। गणेश पूजाको शुरुवात विगत २ बर्षदेखि कमानमा सम्पन्न गर्दै आईरहेको र यसपाली पनि सबै मिलेर धुमधामसित पूजा सम्पन्न भईरहेको बिक्रम विश्वकर्माले जनाएका छन्।

About Author

Advertisement