खरसाङ: प्रेस क्लब अफ् खरसाङका अध्यक्ष अनि वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम भातृ शोकमा परेका छन्। पत्रकार पञ्चमका माईला भइ रामकुमार प्रसाद (६१ वर्ष )को आकस्मिक निधन सोमबार १८ सेप्टेम्बर-२०२३ को दिन अबेर राति लगभग साढ़े १० बजे निजी वासस्थान खरसाङमा भएको छ। विगत केही दिनदेखि स्व रामकुमार प्रसाद अस्वस्थ्य थिए।
उनी विभिन्न समाचार पत्रहरुका बिक्रेता थिए। लगभग पच्चीस वर्षदेखि उनी उक्त व्यवसायसित संलग्न रहेका थिए। आज मंगलवार खरसाङको नयाँ बस्ती क्षेत्रस्थित श्मशान घाटमा हिन्दु रीति-रिवाज अनुसार स्वर्गीय रामकुमार प्रसादको दाह संस्कार सम्पन्न गरिएको छ। यस अवधि विभिन्न पक्षबाट स्वर्गीय रामकुमार प्रसादको आकस्मिक निधनलाई लिएर श्रद्धाञ्जलि अर्पण पनि गरियो। प्रेस क्लब अफ् खरसाङको पक्षमा सचिव हनोक थापाले वरिष्ठ पत्रकार एंव प्रेस क्लब अफ् खरसाङका सभापति मुरारीलाल पञ्चमको भाइको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेका छन्।