नियुक्ति भ्रष्टाचार- उत्तर पुस्तिकाको फर्जी कपी डिजिटलाइज गरियो, हाईकोर्टले माग्यो रिपोर्ट

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगालको बहुचर्चित शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा दिनहुँ नयाँ खुलासा भइरहेछ। मंगलवार सुनवाईमा कलकत्ता हाईकोर्टका न्यायाधीश न्यायमूर्ति अभिजीत गांगुलीले डिजिटलाइज गरिएको उत्तर पुस्तिका असली पुस्तिकासित म्याच गरिरहेको छैन भनी दाबी गरे।

हाईकोर्टले आईटी डिपार्टमेन्टका जोइन्ट रजिस्ट्रार कलोल चट्टोपाध्यायलाई बोलाएर यसबारे जानकारी मागे। उनले बताए, यसको गहन जाँच गर्नुपर्नेछ तब मात्र स्पष्ट हुनेछ। न्यायाधीशले भने, सबै तथ्यहरू तपाईलाई दिइनेछ। तपाईले जाँच गरेर बताउनुहोस्। मलाई लाग्छ, असली उत्तर पुस्तिका र डिजिटलाइज वर्जनमा धेरै फरक छ। हातले लेखेको प्रतिलाई डिजिटलाइज्ड प्रति भनिन्दैछ। यसको जाँच हुनुदिनुहोस् त्यसपछि हेर्नेछौं। कलोललाई शीघ्र रिपोर्ट दिनलाई भनिएको छ।

-हिस

About Author

Advertisement