आफूलाई आगो लगाएर प्रेमीको घर पुगिन् महिला

IMG-20230410-WA0169-11-300x172-8

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको हरिदेवपुर क्षेत्रमा एक भयावह घटना अघि आएको छ। यहाँ एक महिलाले आफूलाई आगो लगाएर प्रेमीको घर पुगिन्। मगंलवार उसको मृत्यु भएको छ। घटना सोमवार रातिको हो। पुलिस अनुसार, बनर्जीपाड़ा क्षेत्रमा राति लगभग ९ बजी महिलाले आफ्नो शरीरमा आगो लगाएर प्रेमीको घर पसेकी थिइन्। उसको आयु लगभग ४४-४५ वर्ष बताइएको छ। सूचना पाएपछि पुलिस टीम तुरन्तै घटनास्थलमा पुग्यो। जलेको अवस्थामा महिलालाई एमआर बांगुर अस्पताल लगियो। यहाँ उसको उपचार भइरहेको थियो। जहाँ आज उसले अन्तिम सास लिइन्।

जानकारी अनुसार, सुबीर विश्वास नाम गरेको जुन प्रेमीको घर महिला पुगेकी थिइन्, त्यससित महिलाको हालमा झगड़ा चलिरहेको थियो। सुबीरले उसको अन्तरंग फोटोहरू लिएर सोशल मीडियामा हाल्ने धमकी दिएको थियो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ। आरोपित युवक अहिले फरार छ। जानकारी अनुसार, महिला भवानीपुरको निवासी हुन्। उसको एक २० वर्षीय छोरापनि छ। पुलिसले आत्महत्याको निम्ति उक्साएको धाराहरू लगाएर मामिला दर्ता गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement