कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी राज्यमा निवेश आकर्षित गर्न अहिले विदेश भ्रमणमा छिन्। त्यस अघि नै पीसी मित्तल ग्रुपले राज्यमा निवेशको घोषणा गरेको छ। मुख्यमन्त्री ब्यानर्जीले राज्यमा उद्योगको निम्ति निवेश आकर्षित गर्न स्पेन भ्रमण गरेकी छन्। सौरभ गांगुलीले गत बिहिवार स्पेनको म्याड्रिडमा मुख्यमन्त्री व्यापार शिखर सम्मेलनको मंचबाट पश्चिम बंगालमा आफ्नो दोस्रो स्टील प्लान्टको निर्माणको घोषणा गरे। यस बिच पीसी मित्तल ग्रुपले सिलगढी र न्यू जलपाइगढीमा कुल २५० करोड़ रूपियॉंको निवेश गर्ने भएको छ।
राज्यका मुख्य सचिव हरिकृष्ण द्विवेदी, उद्योग सचिव सन्दना यादव र अन्य उद्योगपतिहरूको एक प्रतिनिधिमण्डलले सोमवार स्पेनको कन्स्टेन्टाको ट्रेविपोसमा देशका अग्रणी रेल कोच निर्माताहरू मध्ये एक पीसी ग्रुपको स्वामित्वमा रहेको रेल वन फ्याक्ट्रीको भ्रमण गरे। यस अवधि रेल वनका प्रमुख कमलकुमार मित्ताल पनि थिए।
उनले सिलगढीमा १५० करोड रूपियॉंको लगानीमा इथेनल विनिर्माण संयंत्र निर्माण गरिने तथा न्यू जलपाइढीमा १०० करोड रूपियॉंको लगानीमा एउटा नयॉं आधुनिक कंक्रीट स्लीपर विनिर्माण संयंत्र निर्माण गरिने छ।