आदिकवि भानुभक्त आचार्यको पूर्णाङ्ग काँस्य सालिग अनावरण

IMG-20220712-WA0148.jpg

भानुभक्तको दर्शनलाई अनुशरण नगरेसम्म उनको जन्म जयन्ती मनाउन व्यर्थ हुनेः मुख्यमन्त्री तामाङ

सिङताम: प्रत्येक १३ जुलाईमा भानु जयन्ती मनाए पनि भानुभक्तले नेपाली समाजलाई देखाएको मार्गलाई अनुशरण नगरेसम्म त्यो व्यर्थ हुने मुख्यमन्त्री प्रेमसिंह तामाङले बताए। आज सिङताममा आयोजित आदिकवि भानुभक्त आचार्यको पूर्णाङ्ग काँस्य सालिग अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त मन्तव्य प्रकट गरेका हुन्। कुनै पनि महापुरुषको जन्म जयन्ती पालन गरेर मात्र केही हुँदैन तर ती व्यक्तिले समाजलाई दिएको योगदान आदिबारे अध्ययन गरेर अनुशरण गर्नु पर्ने सुझाउ दिए।
आज सिङताममा २०८औं भानुजयन्तीको अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट भानु उद्यान केन्द्रमा आदिकवि भानुभक्तको पूर्णाङ्ग काँस्य सालिगको अनावरण गरे।
सिङताम बजारको भानु उद्यानमा आदिकवि भानुभक्तको पूर्णाङ्ग सालिग निर्माण गरेर ऐतिहासिक कार्य गरेको बताए। यो सालिग निर्माणमा सामूहिक पहल रहेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले यो नै सिक्किमको एकता रहेको बताए। मुख्यमन्त्री कोषबाट धनराशि आवण्टन गरेर यस उद्यानलाई थप आकर्षक बनाउन पहल गर्नु पर्ने आग्रह गरे। सिङताममा जमीन उपलब्ध भए सामुदायिक भवन निर्माणको निम्ति आगामी बजेट सत्रमा धनराशि आवण्टन गरिदिने मुख्यमन्त्रीले घोषणा गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक एवं मन्त्री डा. एम. के. शर्माले सिङतामवासीको निम्ति आजको दिन ऐतिहासिक रहेको बताए। आदिकवि भानुभक्त आचार्यको बारेमा बोल्दै मन्त्री शर्माले भानुभक्तको रामायण मात्र होइन अन्य कविता, व्यङ्गहरू जसले समाजलाई झकझकाउने कृतिहरूको पनि अध्ययन गर्न आवश्यक रहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement