स्कूटी र साइकलको ठोक्करमा एकजना गम्भीर घाईते

IMG-20230919-WA0340.jpg

सिलगढ़ी: सोमबार राती फूलबारी आम्बाड़ी क्यानल रोड संलग्न लक्ष्मीजोत क्षेत्रमा एउटा स्कूटी र साइकलबीच ठोक्कर हुँदा गोपाल नामक एकजना साइकल सवार गम्भीर घाईते बनेको थियो। फूलबारीबाट काम सकेर साइकलमा सवार भएर आफ्नो घर फर्किरहेको समय लक्ष्मीजोत क्षेत्रमा विपरीत दिशाबाट आईरहेको एउटा स्कूटीले ठोक्याउन पुग्दा साइकल सवार गम्भीर घाईते बनेको थियो। घाईते व्यक्तिलाई क्यानल रोड ट्राफिक आउटपोस्टका पुलिसबलले उद्धार गरेर अस्पताल पुऱ्याएको थियो भने त्यहाँ उक्त व्यक्तिको उपचार चलिरहेको बताईएको छ।

यता न्यूजलपाइगढ़ी थानाको पुलिसले दुर्घटनाग्रस्त स्कूटी र साइकल बरामद गरेको र घटनाको जाँच शुरु गरेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement