खरसाङ: दार्जिलिङ पहाडको इतिहासमा पहिलो पटक सन्त जोसेफ कन्या उच्चत्तर माध्यमिक विद्यालयकी छात्रा एंव महानदीको तिरसठ लाइन निवासी दिवश खवास र उषा गिरी खवासकी छोरीले पश्चिम बंगाल कराते चयनमा क्र्याक गर्न सफल भएकी छन्। २१ देखि २३ अक्टोबर, २०२३ सम्म देहरादून, उत्तराखण्डमा आयोजित १६-१७ वर्ष केटीवर्ग कुमितेमा कराते ईन्डिया संगठनद्वारा आयोजित अखिल भारतीय राष्ट्रिय खेलामा भाग लिँदैछ। विनिशाले माफाको महानदी शाखामा २०१८ देखि तालिम लिईरहेकी छिन्। उनले सन् २०१९ मा भारतको नेशनल्स स्कूल गेम्स फेडरेशन अफ् इन्डियाको राष्ट्रिय स्तरमा सहभागिता जनाईसकेकी छिन्।
उनी आज बागडोग्राबाट दिल्ली, अलिपुरद्वार जिल्ला कराते संघका प्रमुख सेन्सी सुमन्ता दास र सुबांगी दास नामकी बालिकासँगै देहरादूनको लागि प्रस्थान भएकी छन्। उनी पनि छनौट भइसकेकाले उनीसँगै जानेछन्।

बिनिशाका प्रशिक्षक तथा माफाका अध्यक्ष सेन्सी सन्दीप प्रधानले उनको आमा र माफाका वरिष्ठ प्रशिक्षकहरूसँगै बागडोग्रासम्म साथ दिएका थिए। एकाडेमीले युवाहरूलाई प्रोत्साहित गर्न र उत्कृष्ट प्रतिभाहरूलाई समर्थन गर्न उनको यात्रा लागतहरू पनि प्रायोजित गर्यो। उनले विनिशाले राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै गोर्खाको नाम उच्च रहोस् भन्ने सकारात्मक आशा व्यक्त गर्दै उनको सफलताको लागि सबैसँग प्रार्थना र शुभकामनाका लागि अपिल समेत गरेका छन्।