क्यानडाका कूटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न आदेश

pro.webp

नयाँ दिल्ली: भारत र क्यानडाबीचको तनाव बढ्दै गएको छ। भारत सरकारले क्यानडाली कूटनीतिज्ञ विरुद्ध कारबाही गरेको छ। क्यानडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छोड्न भनिएको छ। कूटनीतिज्ञमाथि देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लागेको छ। भारत सरकारले कारबाही गर्दै क्यानाडाली उच्चायुक्तलाई बोलायो। त्यसपछि एक क्यानाडाली कूटनीतिज्ञलाई निष्कासन गरिएको थियो। यो जानकारी क्यानडाका उच्चायुक्तलाई दिइएको थियो। प्राप्त जानकारी अनुसार उनले अबको ५ दिन भित्र भारत छाड्नु पर्नेछ। यसअघि प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता रहेको आरोप लगाएका थिए। क्यानडा सरकारले निज्जर हत्याको अनुसन्धानका क्रममा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरेको छ। यसै वर्षको जुन १८ मा निज्जरलाई इंग्ल्याण्डको एउटा गुरुद्वारा अगाडि मोटरसाइकलमा आएका आक्रमणकारीले गोली हानी हत्या गरेका थिए।
क्यानडाको संसदको हाउस अफ कमन्समा प्रधानमन्त्री ट्रुडोले निज्जरको हत्यापछि अनुसन्धान एजेन्सीले भारतीय एजेन्टको भूमिकाबारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताएका थिए। उनले क्यानडाली नागरिकको हत्यामा विदेशी सरकारको भूमिका अस्वीकार्य र आफ्नो सार्वभौमसत्ताको हनन भएको बताए। ट्रुडोको यो भनाइलाई भारतले पूर्ण रूपमा अस्वीकार गरेको छ। विदेश मन्त्रालयले जारी गरेको बयानमा प्रधानमन्त्री ट्रुडोको भनाइलाई भ्रामक भन्दै भारतीय कूटनीतिज्ञविरुद्ध गरिएको कारबाहीको आलोचना गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *