रायगञ्ज विश्वविद्यालयका प्राध्यापकमाथि विद्यार्थीलाई मानसिक उत्पीडन गरेको आरोप

IMG-20230919-WA0551.jpg

उत्तर दिनाजपुर: रायगञ्ज विश्वविद्यालयको अंग्रेजी विभागका दुई प्राध्यापक र एक महिला प्राध्यापकविरुद्ध मानसिक उत्पीडनको उजुरी परेको छ।
अङ्ग्रेजी विभागका एक विद्यार्थीले दुर्व्यवहार गरेको उजुरीका आधारमा छानबिन समिति गठन गरी चरणबद्ध रुपमा छानबिन शुरु गरिएको छ।
छानबीन समितिले विद्यार्थी र आरोपित प्राध्यापकमाथि सोधपुछ गरिरहेको छ। विद्यार्थीले जातीय भेदभावको बारेमा गुनासो नगरे पनि कक्षाबाट बहिष्कार र भावनात्मक दुर्व्यवहारको गुनासो गरेकी छन्। शुल्क घटाउन माग गर्दा मानसिक यातना दिएको विद्यार्थीले आरोप लगाएका छन्। उनले यसबारे विश्वविद्यालयका अधिकारीलाई गुनासो समेत गरेकी थिईन्। यसपछि पछौटे वर्ग कल्याण विभागको निर्देशनमा छानबिन समिति गठन गरी अनुसन्धान शुरु भएको छ।

अर्कोतिर यस छानबिन समितिको निष्पक्षतामा पनि प्रश्न उठेको छ। र्‍यागिङ विरोधी समिति भए पनि उक्त छानविन समितिमा न त र्‍यागिङ विरोधी समितिका सदस्य न विद्यार्थीका प्रतिनिधि सम्मिलित गरिएको आरोप पनि उठेको छ। विश्वविद्यालयका उपकुलपतिले विशेष राजनीतिक दलका समर्थकसँग मिलेर यो छानबिन समिति बनाएको आरोप उठेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement