तीनधारेमा गणेश चतुर्थी पूजा

IMG-20230919-WA0556.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्नर शिवालय मन्दिरमा आजदेखि गणेश चतुर्थी पूजा शुरु भएको छ। उक्त गणेश पूजा आगामी २१ सेप्टेम्बरसम्म चल्ने अनि २२ सेप्टेम्बरको दिन बिसर्जन गरिने भएको छ। तीनधारेको क्रिकेट बजारमा अवस्थित रामेश्वर शिवालय मन्दिरमा आजदेखि शुरु भएको गणेश चतुर्थी पूजाक पहिलो दिन आयोजक समिति र भक्तजनद्वारा एक रैलीको आयोजना गरी गणेशको मूर्ति लिएर तीनधारे परिक्रमा गरिएको थियो।

यस अवसरम क्रिकेट बजारको मन्दिर परिसरबाट रैली निस्केर गोलाई पाखास्थित राधाकृष्ण मन्दिरसम्म अनि त्यहाँबाट माथिल्लो गोलाईस्थित ब्लु डाईमण्ड स्कूलसम्म पुगेर पुन: मन्दिर परिसरसम्म रैलीको आयोजना गरिएको थियो। विभिन्न भक्तिमय माहोलबीच भक्तजनको नारीहरूद्वारा गणेशको पूजा अर्चना गरी गणेश चतुर्थी पूजा शुरु गरिएको छ। यस अवसरमा आयोजक समितिको पक्षबाट सिर्जना तामाङले तीनधारेमा आजदेखि गणेश पूजा शुरु भएको छ र पहिलो गणेशको मूर्ति लिएर तीनधारे परिक्रमा गरिएको बताइन्।

त्यसरी नै सञ्जीव मंगरले आजदेखि तीनधारेको क्रिकेट बजारस्थित शिवालय मन्दिरमा गणेश पूजा शुरु भएको छ र यो आगामी २१ सेप्टेम्बरसम्म चल्ने जानकारी गराएका छन्। उनले गणेश पूजाको अवसरमा तीनधारेको हरेक दु:ख – कष्ट र समस्याहरू हटेर जायोस् भनी पूजा गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement