६२ करोडमा बिक्यो अमृता शेरगिलको, नयाँ विश्व कीर्तिमान

IMG-20230919-WA0550.jpg

नयाँ दिल्ली: भारतका प्रसिद्ध चित्रकार अमृता शेर-गिलको चित्र ‘द स्टोरी टेलर’ले ६२ करोड रुपियाँमा बिक्री भएको छl यसो हुँदा यसले नयाँ विश्व कीर्तिमान बनाएको छ। यो भारतमा कुनै पनि चित्रकारको कामको लागि प्राप्त सबैभन्दा उच्च मूल्य हो। शनिबारको यो पेन्टिङले सय्यद हैदर रजाको ५१.७५ करोड रुपियाँको ‘जेस्टेसन’को रेकर्ड तोडेको छ। सन् १९३७ मा बनेको यो तैल चित्रले अमृता शेर-गिललाई नयाँ दिल्लीको द ओबेरोय होटलमा भएको लिलामीमा फेरि चर्चामा ल्याएको छ। अमृता शेरगिल हंगेरीमा जन्मिएकी थिइन् र त्यही देशकी नागरिक थिइन्। यद्यपि उनको बाल्यकालको अधिकांश समय भारतमा बित्यो। कलाप्रतिको उनको झुकाव देखेर उनका अभिभावकले उनलाई पेरिस लगेका थिए ताकि उनले त्यहाँ चित्रकलाको औपचारिक शिक्षा लिन सकून्। पेरिस पुग्दा अमृता शेर-गिल १६ वर्षकी मात्र थिइन्। उनले अर्को पाँच वर्ष पेरिसमा बिताइन्। त्यसबेला भिन्सेन्ट भ्यान गग र पल गग उनका मनपर्ने चित्रकार थिए। पेरिसमा राखिएको मोनालिसाको पेन्टिङले उनलाई निकै प्रभाव परेको थियो। विवाहपछि उनी श्रीमानसँग भारतमा बस्न थालेकी थिइन्। उनको २८ वर्षको उमेरमा लाहोरमा निधन भएको थियो। शेर-गिललाई २०औं शताब्दीका प्रमुख परम्परा तोड्ने चित्रकारहरू मध्ये एक मानिन्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *