अनन्तनाग: जिल्लाको कोकरनागमा आतंकवादीहरूलाई धर-पकड़ गर्नको लागि सातौं दनि पनि सुरक्षाबलहरूको अभियान जारी रह्यो।
सुरक्षाबलहरूले आतंकवादीहरू उपस्थित रहेको सूचना पाएपछि मंगलबार पनि केकेरनागको गडोले वन क्षेत्रमा खोजी अभियान संचालन गरे।
भारतीय सेनाका अधिकारीहरूले बताए अनुसार कोकेरनाग अभियानमा सामेल २७ वर्षीय सिपाही प्रदीप सिंह गत १३ सेप्टेम्बरदेखि नै बेपत्ता भएका थिए जसको शव सोमबार साँझ भेटिएको छ। अनन्तनाग जिल्लाको कोकरनागमा भएको भिड़न्तमा चारजना अधिकारीहरू शहीद भएपछि पनि यस क्षेत्रमा आतंकवादीहरू लुकेर बसेको हुनसक्ने सुरक्षाबलहरूलाई आशंका रहेको छ। -हिस