नक्सलबारीमा गणेश पुजाको उद्घाटन

Capture3-10.png

नक्सलबारी: नक्सलबारी चौरङ्गी मोडमा आज बिहान लगभग साढे १० बजी सभाधिपति अरूण घोष नक्सलबारी चौरङ्गी मोडमा व्यवसायीहरूको पहलमा आयोजित गणेश पुजामा सामेल भए। यस अवसरमा तिनीसित नक्सलबारी थानाका ओसी अनिर्बान नाइक, नक्सलबारी ग्राम पञ्चायत प्रधान जयन्ती किरो, मोनीराम ग्राम पञ्चायत प्रधान गौतम घोष, नक्सलबारी व्यवसायी समितिका सदस्य र पुजा कमिटीका सदस्यहरू उपस्थित थिए। यस वर्ष उक्त कमिटीको गणेश पुजाले तेस्रो वर्षमा पाइला टेकेको छ। आज बिहान दीप जलाएर पुजाको शुभारम्भ गरियो। यस अवसरमा सभाधिपति अरूण घोषले सबैलाई गणेश पुजाको शुभकामना दिए। पुजा कमिटीका सदस्य स्वपन घोषले भने, गणेश पुजाको माध्यमद्वारा उत्सवको शुरुआत भएको छ। आगामी वर्ष अझ उत्कृष्ट ढङ्गमा पुजाको आयोजना गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement