खोरीबारी: घरको छतबाट झरेर एकजना युवकको मृत्यु भएको घटनाले खोरीबारीको हौदाभाटा इलाकामा सनसनी मच्चिएको छ। यस घटनामा मर्ने युवकको नाम राहुल राय (२६) बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति राहुलको परिवारका सदस्यहरूले केही आवाज सुनेपछि बाहिर निस्केर घरको यताउता हेर्दा सडकमा रक्ताम्मे अवस्थामा राहुललाई देखे। यसपछि तत्कालै राहुललाई उद्धार गरेर खोरीबारी अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

पुलिसले आज शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। अर्कोतिर, परिवारका सदस्यहरूले घटनाको जाँच गर्ने माग गर्दै खोरीबारी थानामा लिखित अभियोग दर्ता गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।