सिलगढ़ी: जीटीएमा जस्तै तराई डुवर्समा पनि होमस्टे पट्टाको सर्वेक्षणको काम बन्द गर्नु पर्ने दाबी लिएर सिलगढ़ीका विधायक शंकर घोषले मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष पत्राचार गरेको छ। पत्रकारहरुसित कुराकानी गर्दै पहाड़ एवम् तराई डुवर्सको चियाबारी श्रमिकहरुलाई ५ डेसिमल जमीनको पट्टा दिएर शरणार्थी बनाउने प्रयास भईरहेको कड़ा निन्दा गर्नु पर्ने तिनले बताए। यसको विरोधमा आगामी १ अक्टूबरको दिन डागापुर मैदानमा कार्यकर्ताहरुको ऱ्याली सम्पन्न हुने तिनले जनाएका छन्।