अष्ट्रेलिया विरुद्ध सीरीजमा सीनियर खेलाड़ीहरूलाई विश्राम, अश्विनलाई मौका

IMG-20230919-WA0347.jpg

१९ सेप्टेम्बरः आइसीसी क्रिकेट वर्ल्ड कप नजिक आउनको साथै बीसीसीआई-ले अष्ट्रेलिया विरुद्ध २२ सेप्टेम्बरदेखि शुरु हुने तीनवटा वनडे म्याचको सीरीजको निम्ति सतर्कता अवलम्बन गर्न शुरु गऱ्यो। टीम इण्डियाका मुख्य चयनकर्ता अजीत अगरकरले अष्ट्रेलिया विरुद्ध सीरीजको निम्ति टीमको घोषणा गरे। सीरीजको पहिलो दुईवटा म्याचमा अधिकांश सीनियर खेलाड़ीहरूलाई नै विश्राम दिइएको छ। पहिलो दुईवटा म्याचमा केएल राहुलले टीमको कप्तानी गर्नेछन्। खेलाड़ीहरूका कार्यभार प्रबन्धनलाई ध्यानमा राखेर टीम म्यानेजमेण्टले यस्तो निर्णय लिएको छ। नियमित कप्तान रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या र कुलदीप यादवलाई पहिलो दुईवटा वनडे म्याचमा विश्राम दिइएको छ। यसबीच वर्ल्ड कपको टीममा स्थान बनाउनदेखि चुक्ने अनुभवी अफ् स्पिनर रविचन्द्रन अश्विनको साथमा वाशिंगटन सुन्दरलाई चाहिँ अष्ट्रेलिया विरुद्ध सीरीजको निम्ति टोलीमा स्थान दिइएको छ।
वर्ल्ड कपको निम्ति भारतीय टीममा सामेल अक्षर पटेल अहिले चोटसँग जुझिरहेका छन्। यस्तो स्थितिमा उनी २८ सेप्टेम्बरसम्म फिटनेस हासिल गर्न असफल भए वर्ल्ड कपको टीममा अश्विन या वाशिंगटनमा एकजनाले स्थान पाउने सम्भावना छ। आईसीसी-ले वर्ल्ड कपको निम्ति चयन गरिएको प्राथमिक टीममा फेरबदल गर्नको निम्ति सबै टीमलाई २८ सेप्टेम्बरसम्मको अन्तिम मिति तोकेको छ। अश्विनले आफ्नो अन्तिम वनडे इण्टरनेशनल म्याच जनवरी २०२२-मा दक्षिण अफ्रिकामा खेलेका थिए। अक्षरलाई एशिया कपको अवधि चोट लागेको थियो। यसबीच शिखर धवन, युजवेन्द्र चहल र सञ्जु सेमसन जस्ता खेलाड़ीहरू चाहिँ टीममा स्थान बनाउन असफल रहे।
अष्ट्रेलिया विरुद्ध पहिलो दुईवटा म्याचको निम्ति टीमः
केएल राहुल (कप्तान), शुभमन गिल, रुतुराज गायकवाड़, श्रेयस अय्यर, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, रविन्द्र जडेजा (उपकप्तान), शार्दुल ठाकुर, आर अश्विन, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद सिराज, मोहम्मद शमी र प्रसिद्ध कृष्णा।
सीरीजको अन्तिम म्याचको निम्ति टीमः
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, सूर्यकुमार यादव, केएल राहुल (विकेटकीपर), इशान किशन (विकेटकीपर), हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, आर अश्विन, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज।
भारत-अष्ट्रेलिया सीरीजको शेड्यूलः
पहिलो वनडे- २२ सेप्टेम्बर (मोहाली)
दोस्रो वनडे- २४ सेप्टेम्बर (राजकोट)
तेस्रो वनडे- २७ सेप्टेम्बर (इन्दौर)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement