जलपाइगढी जिल्लामा छायो गणेश पूजाको उत्साह, विशेष आकर्षण ५१ किलो लड्डू

359928c7-20fa-4cd3-83e3-74ec8627f7f9

जलपाइगढी: जलपाइगढी जिल्लामा गणेश पूजाको उत्साह आज चरम सीमामा छ। कतै ठुलो गणेशजीको मुर्ति भने ५१ किलोको लड्डुले भीडलाई तानिरहेको छ। यस वर्ष गणेश चतुर्थीको दिन जलपाइगढीमा ५१ किलोको लड्डु विशेष आकर्षणको केन्द्र बनेको छ। यस पटक जलपाइगढी सहरको पाण्डापाडाका युवाशक्तिका सदस्यहरूले ५१ किलो लड्डूले गणेशको पूजा गर्नेछन्। तीन दिनसम्म भगवान गणेशका लागि करिब २५ हजार रुपियाँको ५१ किलो लड्डु कारीगरले बनाएका छन् । पूजाको अन्त्यमा, यो लड्डु भक्तहरूलाई प्रसादको रूपमा वितरण गरिनेछ। ५१ किलो लड्डुको प्रसाद ग्रहण गर्न भक्तजनहरूको भीड लाग्ने क्लबका सदस्यहरू आशावादी छन् ।

करिब २१ फिट अग्लो शिव र १८ फिटभन्दा अग्लो गणेशमूर्ति हेर्न मानिसको भीड लागेको छ । गणेश पूजाको अवसरमा सम्पूर्ण क्षेत्र सजाइएको छ । बिहानैदेखि पूजा सुरु भएको छ । यहाँ केही दिनसम्म विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । बिहानैदेखि सबैभन्दा ठूलो गणेश पूजाको आयोजना गरिएको छ। पुजारी आएर यो पूजामा सहभागी भए । अहिले शहरका विभिन्न स्थानमा गणेश पूजाको आयोजना भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement