१९ सेप्टेम्बरः न्यू जेनेरेशन फूटबल एसोसिएशन, बुङुकुलुङको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा बसन्त एफसी च्याम्पियन भयो। मिरिकको सौरेनी नजिक बुङकुलुङ बस्ती खेल मैदानमा भएको टुर्नामेण्टको फाइनलमा बसन्त एफसी-ले सीडर्स एफसी-लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रोहिन सुब्बाले १३औं र प्रयास राईले ३९औं मिनटमा गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

संक्षिप्तमाः
च्याम्पियनः बसन्त एफसी
रनर अप्ः सीडर्स एफसी
प्लेयर अव् द म्याचः रोहिन सुब्बा (बसन्त एफसी)
बेस्ट गोलकीपरः रुपक कोया (बसन्त एफसी)
प्लेयर अव् द टुर्नामेण्टः बिराज थापा (फ्रेण्ड्स एकाडमी)