एकलव्य आदर्श आवासीय विद्यालयको पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले भ्रमण

IMG_20220712_223843.jpg

पाकिम: सोमवार पारखास्थित एकलव्य आदर्श आवासीय विद्यालयको पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले भ्रमण गरे। गत ७ जुलाईदेखि उक्त विद्यालय सञ्चालनमा आएको हो। यसभन्दा पहिला पनि जिल्लापालले विद्यालयको भ्रमण गरेका थिए, तब उक्त विद्यालयको निर्माण कार्य पूरा हुन लागेको थियो।
जिल्लापालले आफ्नो भ्रमण अवधि नवनियुक्त शिक्षकहरूका साथै नयॉं अनि पुराना विद्यार्थीहरूसॅंग अन्तरक्रिया गरे। उनले नयाँ विद्यालयमा भोजन र सुविधाहरूबारे जानकारी लिए। उनले विद्यार्थीहरूलाई ठूलो सपना हेर्न प्रोत्साहित गर्दै जीवनमा सफल बन्न पढ़ाईमा ध्यान दिन आह्वान गरे।
जिल्लापाल छोपेलले कल्याण अधिकारीलाई सुविधाहरूमा कमी र विद्यालयका आवश्यकताहरूलाई सम्बोधन गर्न निर्देश दिए। भ्रमण अवधि जिल्लापालसॅंग एसडीएम छिरिङ एन. थिङ, कल्याण अधिकारी र शिक्षा विभागका सहायक निदेशक पनि थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement