गान्तोक: हिमालय जुलोजिकल पार्कको पहलमा आज यहाँको बुलबुलेस्थित हिमालयन जुलोजिकल पार्कको प्रेक्षागृहमा बाँदरहरूको बन्दीकरणलाई लिएर एक कार्यक्रम आयोजना गरियो। राज्यको हिमालय जुलोजिकल पार्क, वन्यजन्तु उद्दार केन्द्र र वन्य एवम पर्यावरण विभागको संयुक्त पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य राज्यमा बाँदरहरूको जनसंख्या अत्याधिक वृद्दिको कारण मानिसहरूको सम्पतिको क्षति पुऱ्याउनको साथै मानिसको जिवनलाई पनि खतरा भएको कारणले यसलाई नियन्त्रण गर्नु रहेको थियो। कार्यक्रममा ८० प्रतिशत बाँदरहरूको वन्दीकरण गरिएको र उनीहरूलाई कुनै हानि नगरी पक्रिएको र पूनः सोही स्थानाम छोडिएको जानकारी गराइयो। वन विभागको पहलमा नामनाङ, टाशीलिङ सचिवालय, दिक्षिलिङ टाशी भ्यू पोइन्ट, देउराली र तादोङ बाँदरहरूको चलखेल गर्ने प्रमुखस्थलहरू रहेके विभागले चिन्हित गरेको छ। आजदेखि शुरू भएको प्रशिक्षण कार्यक्रम आगामी ३० सेप्टेम्बरको दिन समापन हुने भएको छ। आगामी ३० सेप्टेम्बरसम्म गान्तोक वरिपरिका २ सय भन्दा अधिक बाँदरहरूको बन्दीकरण गर्ने विभागले लक्ष्य राखेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वन विभागका प्रमुख सन्दीप ताम्बेले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा राज्यमा बढदो बाँदरहरूको संख्या, चुनौती र बाँदर समाउने चुनौतीबारे प्रकाश पारे। शहर छेउछाउको जंगलमा बाँदरले खाने फुलफूलको अभङावके कारण वाँदरहरू शहरी क्षेत्रमा प्रवेश गरेको बताए।विशेष गरेर मानिसहरूले बाँदरलाई खानेकुरा प्रदान गर्ने हुनाले हाल बाँदरहरू जंगलमा नभएर शहरमा प्रवेश गरेको अवगत गराए। उनले खाद्यान्नको फोहोर व्यवस्थापनको कमजोरीले वन्यजन्तुलाई नागरिकले आकर्षित गर्न सक्ने बताए। उनले जंगली जनावरहरूलाई खुवाउने र खाद्य फोहोर व्यवस्थापन गर्ने जस्ता व्यवहारमा परिवर्तनले प्रकृतिले चाहेजस्तो खाना खाद्य उपलब्ध गराउने व्यवहारमा पनि परिवर्तन ल्याउने कुरामा जोड दिए। यसै क्रममा हिमाचल प्रदेशका पशु चिकित्सा अधिकारी डा. विपिन कुमारले पावरपोइन्ट प्रस्तुतीकरण मार्फत प्रावि
अधिक सत्रमा विषयमाथि प्रकाश पार्दै राज्यमा प्राइमेट आक्रमणको सामना गर्न हिमाचल प्रदेश राज्यले चालेका विधिहरू जस्ता विभिन्न विषयमा विस्तृत जानकारी गराए।