गान्तोक: सिक्किममा मुख्यमन्त्री प्रेमसिंह तामाङले यापचुङ काजी “आभा” लाई शुभकामना तथा बधाई प्रकट गरेका छन्। सिक्किमका रेडियो म्यान आभालाई लोक संगीतको प्रवर्द्धनमा उनको योगदानको लागि नयाँ दिल्लीमा आयोजित एक समारोहमा संगीत नाटक अकादमी पुरस्कारबाट सम्मानित गरिएको थियो। यस क्षेत्रमा यापचुङ काजीको यात्रा उल्लेखनीय रहेको छ, र यसको गहिरो प्रभावलाई हामी प्रशंसाका साथ स्वीकार गर्छौं’, मुख्यमन्त्रीले भने। आफ्नो कलाप्रतिको उनको समर्पण निरन्तर छ र प्रेरणाको स्रोत हो भन्दै उनले कडा परिश्रम र रचनात्मकता मार्फत पुग्न सकिने उचाइहरूको चम्किलो उदाहरणको रूपमा उनको नाम लिन सकिने उल्लेख मुख्यमन्त्री तामाङले गरेका छन्। याप्चुङ काजीको आफ्नो पेशाप्रतिको अतुलनीय प्रतिबद्धता उनको करियरमा प्रस्टै देखिन्छ भन्दै १९६२ मा खरसाङ रेडियोमा आफ्नो यात्रा सुरु गरेर पछि १९८२ मा अल इन्डिया रेडियो गान्तोकमा उनले लगनशीलतासित एक प्रभावशाली कार्य गरेर ४२-वर्ष को कार्यकाल एक रेडियो सञ्चाचालकको रुपमा काम गरेका हुन्। सन् २००० मा सेवानिवृत्त भएपछि उनको उनको कार्य सिक्किमका बासिन्दाहरूको हृदयमा कायम छ, जसले उनलाई रेडियो र टेलिभिजन दुवैमा उल्लेखनीय योगदानको लागि उच्च सम्मानको हकदार बनाएको उल्लेख गरेका छन।