दिल्लीमा ‘हाम्रो स्वाभिमान ट्रष्ट’द्वारा तीजको भव्य कार्यक्रम (फोटो फिचर)  

00-1-A-IMG-20230918-WA0325

नयाँ दिल्ली: आज हरितालिका तीजको भव्य कार्यक्रम ‘हाम्रो स्वाभिमान ट्रष्ट”ले नयाँ दिल्लीमा आयोजना गर्योl यस अवसरमा सांसद राजु बिष्ट विशेष रुपमा उपस्थित थिएl सो कार्यक्रममा आफू उपस्थित भएको प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l ‘दार्जीलिङ क्षेत्रका साथै भारत,  नेपाल अनि सारा विश्वमा तीज मनाइरहनुभएका सबैमा मेरो हार्दिक शुभकामना। संसारभरि नै आफ्नो मेहनत, पौरख र साहसको लागि जानिने गौरवशाली गोर्खा जातिको नेतृत्व गर्ने मौका पाउनु आफैलाई भाग्यमानी ठान्छु’, उनले यसरी सबैलाई तीजको शुभकामना जनाएका छन्।  उनले भने, ‘यस पावन अवसरमा हामीले हाम्रो सम्बन्ध अझै दरिलो बनाउने कोशिश गर्नुपर्छ। आफ्नो जाति,  आफ्नो माटो,  आफ्नो भविष्य निमित्त काम मिलेर गर्नुपर्छ। जब गोर्खा जाति एक हुन्छ, संसारको कुनै तागतले हामीलाई हल्लाउन सक्दैनl’ हाम्रो स्वाभिमान ट्रष्टका संयोजकहरुलाई बधाई जनाएका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement