फाँसीदेवामा बङ्ग्लादेशी युवक पक्राउ

Capture6-4.png

फाँसीदेवा: गाई-गोरू चोरको शंकामा एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार त्यो युवकले अवैध रूपमा काँढे तार पार गरेर बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेपछि फाँसीदेवा ब्लकको हेलागछ गाउँमा यताउता घुमफिर गरिरहेका थिए। घटनाको खबर पाएर पुलिस घटनास्थलम पुगेर सो युवकसित सोधखोज गरेपछि पक्राउ गरेर थानामा लगेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवकको नाम साबुर अली बताइएको छ। तिनी बङ्ग्लादेशको ठाकुर गाउँ निवासी हुन्। फाँसीदेवा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *