बीरपाडा: मदारीहाट खण्ड अन्तर्गत अश्विनी नगर प्राथमिक विद्यालय मध्यान्ह भोजन निरीक्षण गर्ने क्रममा अलिपुरद्वार जिल्ला विभाग अधिकारी विप्लव सरकार उपस्थित थिए। वर्तमान विभिन्न विद्यालयहरूको मध्यान्ह भोजनको नियमितता तथा भोजनको पौष्टिकता अनि स्वच्छता जाँचको निम्ति अधिकारीहरूको भ्रमण चलिरहेको छ। आज उक्त विद्यालयमा अलिपुरद्वार जिल्ला विभाग अधिकारी विप्लव सरकार लगायत मदारीहाट खण्ड विकास अधिकारी सेरोन तामाङले पनि भोजनको स्वाद लियो।