सीएपीको सरकारमा धेरैभन्दा धेरै महिलाहरूको सहभागिता सुनिश्चित गरिने छः गणेश राई

cap_861

गान्तोकः सिजिजन एक्सन पार्टी (सीएपी) ले आज तीज उत्सवको अवसरमा आज पूर्व सिक्किमको पश्चिम पाण्डमस्थित जितलाङमा एक कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा पार्टी अध्यक्ष एलपी काफ्ले, प्रमुख समन्वयक गणेश राई, कार्यकारी अध्यक्ष बित्रा आचार्य तथा पार्टीका अन्य पदाधिकारीगण र कार्यकर्ताहरू उपस्थित थिए। सीएपी अध्यक्ष काफ्लले आफ्नो सम्बोधनमा वर्तमान सरकार महिला विधायकलाई मन्त्री बनाउन विफल बनेको बताए। सीएपीले महिलाहरूलाई पनि समान अवसरहरू प्रदान गर्न अथक परिश्रम गरिरहेको बताउॅंदै महिलाहरूलाई सक्रिय राजनीतिमा अघि आउन आह्वान गरे।

प्रमुख समन्वयक गणेश राईले पार्टीका सबै परिषदहरूमा महिलाहरूको निम्ति ३० प्रतिशत आरक्षण सुनिश्चित गरिएको बताउॅंदै यसले निर्णय प्रक्रियामा महिलाहरूको सहभागिताको महत्वलाई दर्साउॅंछ भनी बताए। उनले २०२४ मा जब सीएपी सरकार गठन गर्न सफल बनेपछि सरकारमा धेरैभन्दा धेरै महिलाहरूको सहभागिता सुनिश्चित गर्ने बताए। पार्टीकी कार्यकारी अध्यक्ष बित्रा आचार्यले तीज उत्सवको महत्वमाथि प्रकाश पार्दै महिला नेतृत्वहरूको निम्ति विशेष कार्यक्रम आयोजना गरिदिएकोमा पार्टीप्रति आभार व्यक्त गरिन्। उनले सीएपी पार्टी महिलाहरूलाई सॉंचो अर्थमा अवसरहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताइन्।यस अवसरमा रंगारंग कार्यक्रमहरू पनि प्रस्तुत गरिएको जानकारी सीएपीले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement