मन्त्री नेपालले गरे ४१औं नेशनल आर्म रेस्लिङ प्रतियोगिताको उद्घाटन

IMG-20230918-WA0342.jpg

गान्तोकः राज्यका कृषि एवम् वागवाणी विभाग मन्त्री लोकनाथ नेपालले गेजिङ वरिष्ठ माध्यमिक विद्यालयमा आयोजित ४१औं नेश्नल आर्म रेस्लिङको उद्घाटन गरे। उक्त प्रतियोगितामा आसम, मेघालय, त्रिपुरा, मध्य प्रदेश र कर्नाटकाबाट कूल १५० जनाले सहभागिता जनाएका छन्। यसरी नै छिमेकी देश नेपालबाट पनि सो प्रतियोगितामा अंशग्रहण गरेको जानकारी गराइएको छ।

उक्त कार्यक्रममा इन्डियान आर्म रेस्लिङ एसोसिएशनका अध्यक्ष पीएस भगावती, कार्यकारी अध्यक्ष सतिश यादव र सिक्किम आर्म रेस्लिङ एसोसिएशनका अध्यक्ष गणेश कुमार सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement