दलाई लामाको भ्रमणलाई लिएर मुख्य सचिवले गरे बैठक

IMG-20230918-WA0341.jpg

गान्तोकः बौद्ध धर्मगुरू दलाई लामाको सिक्किम भ्रमणलाई लिएर आज राज्यका मुख्य सचिव भीबी पाठकको अध्यक्षतामा एक समीक्षा सभा सम्पन्न भयो। टाशीलिङ सचिवालयमा सम्पन्न भएको सभामा उनको आगमन तयारीलाई लिएर तृणमूलस्तरमा गरिने तयारीबारे जानकारी गराइयो।

यस अवसरमा मुख्य सचिव पाठकले उक्त दिनको स्थितिबारे जानकारी गराउँदै ट्राफिक व्यवस्था, भीड नियन्त्रण, सुरक्षा व्यवस्था र यातायात व्यवस्थाबारे छलफल गरियो। उनको भ्रमणको तयारीको प्रगतिको थप समीक्षा गर्न र यस अवधिमा उत्पन्न हुन सक्ने थप चिन्ता वा घटनाक्रमलाई सम्बोधन गर्न आगामी दिनहरूमा पुनः बैठक गर्ने निर्णय लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement