रक्सौल इण्डो-नेपाल बर्डरमा संदिग्ध बंगलादेशी नागरिक समातिए

1000344029.jpg

पूर्वी चम्पारण: नेपालबाट भारत तर्फ प्रवेश गरिरहेका एक संदिग्ध बंगलादेशी नागरिकलाई रक्सौल बर्डरमा आव्रजन विभागले पक्राउ गरेको छ। बंगलादेशी नागरिकबाट भारतीय आधार कार्ड, प्यान कार्ड र मतदाता पहिचान पत्र सहित कोरियाली, नेपाली र भारतीय रुपियाँ फेला परेको छ।

पक्राउ परेको बंगलादेशी नागरिक भारतीय नागरिकता लिएर बोधगयामा बस्दै आएको थियो। जाँचबुझको क्रममा उसले आव्रजन विभागको टीमलाई बतायो, उ बुद्ध धर्मको अनुयायी हो र उसले बौद्ध धर्मको प्रचार गर्छ। यसै सिलसिलामा उ कोरिया गइरहेको थियो।

उक्त बंगलादेशीको पहिचान श्रवण बरूवाको रूपमा भएको छ। आव्रजन विभाग अनुसार उ बंगलादेशदेखि भारतमा कसरी आइपुग्यो र यहाँ उसले कसको सहयोगमा आधार कार्ड, प्यान कार्ड र भोटर आईडी कार्ड बनायो ती सबै जाँचको विषय हुन्। बंगलादेशी नागरिक समातिएपछि आईबीको टीम, एसएसबी सहित अन्य सुरक्षा बलहरूको कान ठाड़ो भएको छ।

यसबारे जानकारी गराउँदै रक्सौल डीएसपी धिरेन्द्र कुमारले बताए, जाँचको क्रममा उबाट ३६ हजार रुपियाँ, २ सय नेपाली रुपियाँ र ४ लाख ९० हजार कोरियाली मुद्रा जफ्त गरिएको छ। उ नेपालको बाटो भएर दक्षिण कोरिया जान चाहन्थ्यो। यसै क्रममा उ नेपालको काठमाण्डौं हवाईअड्डामा पुग्दा आव्रजन विभागका अधिकारीहरूले अनापत्ति प्रमाण पत्रको माग गरे। यस अवधि रक्सौल आव्रजन अधिकारीहरूले उ बंगलादेशी नागरिक रहेको प्रमाण पाए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *