गान्तोकः गायक डा. मनोज राई, सञ्जय राई, सृजना राई र मोहन कुमार राईले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग भेट गरे। सञ्जय राईको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरेका हुन्। भेटको क्रममा मुख्यमन्त्री र उनकी धर्मपत्नी कृष्ण राईले सिक्किम युथ कन्भेन्सन २०२३ को लोगो आधिकारिकरूपमा लोकार्पण गरे।
यस अवसरमा मुख्यमन्त्री तामाङले आगामी दिनमा सम्पन्न हुन लागेको सिक्किम युथ कन्भेन्सनको निम्ति आफ्नो तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए। सो कार्यक्रम राष्ट्रियस्तरको हुने र विभिन्न स्थानबाट शिक्षाविदहरूलाई अतिथिकोरूपमा आमन्त्रित गरिने भएको छ। राज्यमा पहिलोपल्ट हुन लागेको यस कन्भेन्सनलाई भव्यरूपमा पालन गर्नुपर्ने उनले आग्रह गरे। उक्त कन्भेन्स आगामी १६-१७ अक्टोबरको दिन राजधानीस्थित मनन केन्द्रमा आयोजना हुने भएको छ।