चार चक्के वाहनको यन्त्र चोरी गर्ने बदमास पक्राउ

IMG_20220712_222854.png

सिलगढी: वाहनको यन्त्र चोरी गरिरहेको समय सिलगढी फुलबारी बाइपास ट्रक टर्मिनल इलाकामा एकजना युवकलाई पक्राउ गरिएको छ। यसरी पक्राउ पर्ने युवक चम्पागढी इलाका निवासी नुर इस्लाम रहेको छ। स्थानीय सुत्रले दिएको जानकारी अनुसार मकै बोकेको ट्रकबाट दुइजना युवकले गाडीको ब्याट्री लगायत वाहनको यन्त्र चोरी गर्ने कोशिस गरिरहेको समय एकजना व्यक्तिले देखेपछि तिनीहरुलाई पक्रने कोशिस गरे। तर एकजना भने भाग्न सफल बने । तर अर्कोलाई भने स्थानीय मानिसहरुको सहयोगमा पक्राउ गरियो। घटनाको खबर पाएर एनजेपी पुलिसले उक्त युवकलाई थानामा लगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement