मिरिक: मिरिकको सौरेनीमा आयोजित सांगठनिक कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका पार्टी अध्यक्ष अनित थापाले भने, “दार्जीलिङ, कालेबुङ अथवा पहाडको कुनै पनि ठाउँमा गोर्खाल्याण्ड गोर्खाल्याण्ड भन्दै भाषण दिएर गोर्खाल्याण्ड हुँदैन। गोर्खाल्याण्ड केन्द्रको विषय हो। जसरी मैले राज्यको विषय रहेको पट्टा विषयमा राज्य सरकारसंग काम गर्दैछु त्यसरी नै भाजपाका सांसद राजु विष्ट अनि दुई विधायकहरू बीपी बजगाईं अनि निरज जिम्बाले गोर्खाल्याण्डमाथि काम गर्नुपर्छ। पहिलो, केन्द्रमा उनीहरू कै पार्टीकाे सरकार छ। दोस्रो, उनीहरूले गोर्खाल्याण्ड ल्याउँछु भनेर भोट जितेर गएका हुन्। गोर्खाल्याण्ड माथि काम गर्नु उनीहरूको पहिलो जिम्मेवारी हो।”
आगामी २४ सेप्टेम्बर को दिन दार्जीलिङमा आयोजना गरिने विराट रैली अनि जनसभा पट्टा माथिको जनमत संग्रह हुनेछ भन्दै थापाले भने, “पट्टा विषय लिएर मैले कालेबुङमा सिङ्गो जमीनको पट्टाको मांग गर्नेछु भनेर घोषणा गरेको थिए। भाषण दिएर मात्र काम हुँदैन। घोषणा पछि मैले राज्य साकार संग पत्राचार सुरु गरे। नभन्दै जमीनको सर्वेक्षण माथि रोक लगाइयो। त्यसपछि म कोलकाता पुगे अनि भुमि सुधारको सचिव सँग डायलग सुरु गरे। आज पनि सरकार लाई किन् सम्पूर्ण जमीनको अधिकार भनेर बुझाइ रहेको छु। मेरो जमीन मेरो अधिकार हाम्रो मांग हो। तर सरकारलाई हाम्रो मांगको असली रूप देखाउन अनि असली आवाज सुनाउन हाम्रो शक्तिको पनि प्रदर्शन हुनुपर्छ। २४ सेप्टेम्बरको विराट जनसभा ‘मेरो जमीन मेरो अधिकारको ‘ जनमत ‘ हुनेछ।”