सिलगढी: कृष्णचन्द्र पाल स्मृति रक्षा समितिको तर्फबाट वार्ड नम्बर २३ का पूर्व पार्षद तथा तृणमूल नेता स्वर्गीय कृष्णचन्द्र पालको चौथो पुण्यतिथि मनाइयो। सो अवसरमा सूर्यनगर माइकल स्कुलको छेउमा रहेको कृष्णचन्द्र पालको शालिक अगाडि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो। सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, नगर निगम अध्यक्ष प्रतुल चक्रवर्ती, जिल्ला तृणमूल कांग्रेस अध्यक्ष पपिया घोष, वार्ड काउन्सिलर लक्ष्मी पाल र वार्डवासीहरूले सूर्यनगर माइकल स्कूलको छेउमा रहेको कृष्णचन्द्र पालको प्रतिमामा श्रद्धाञ्जली अर्पण गरे।