बिजनबारी ग्रामीण अस्पतालको आवस्थालाई सुधार्न भारतीय जनता पार्टीद्वारा पन्ध्र दिनको अल्टिमेटम

IMG-20230918-WA0301.jpg

बिजनबारी: लामो समयदेखि जीर्णावस्थामा रहेको बिजनबारी ग्रामीण अस्पतालको आवस्थालाई बुझ्न भाजपा जिल्ला कमिटी उपाध्यक्ष एलएम लामाको नेतृत्वमा एक टोलीले बिजनबारी ग्रामीण अस्पतालको निरीक्षण गरेका छन्। उक्त टोलीले अस्पतालको यस्तो आवस्था रहनुमा राज्य सरकार तथा जीटीए पूर्ण रूुमा दोषी रहेकोे आरोप लगाउँदै आगामी पन्ध्र दिनमा अस्पतालको लागि सुधारको पहलमा गर्नुपर्ने अल्टिमेटम भाजपाले दिएका छन्। जिल्ला उपाध्यक्ष एलएम लामाको नेतृत्वमा निरीक्षण टोलीमा दार्जिलिङ पुलबजार खण्डभरिमा पर्ने सबै मण्डल कमिटीका नेतृत्वहरु लगायत पार्टी कार्यकताको प्रमुख उपस्थिति थियोे भने टीलीले खण्ड स्वस्थ अधिकारी अन्सोल चौधरी, संयुक्त खण्ड विकास अधिकारी खुदीराम राबासँगै खण्ड रोगी कल्याण समिति अध्यक्ष निर्मल सिंह आदिलाई भेटघाट गरी अस्पतालको यस्तो आवस्था हुनमाको कति जिम्मेवार छन् तथा भावी दिनमा अस्पतालको सुधारमा के कस्तो पहल गर्नु पर्ने भन्ने विषयमा विस्तृत रूपमा बातचीत गरेका छन्।

यस अवसरमा एक लिखित ज्ञापन समेत उनीहरूले चढ़ाएका छन् भने साथमा उनीहरूले अस्पताल प्रबन्धक लगायतको टोलीसँगै अस्पतालको सम्पूर्ण क्षेत्रमा परिभ्रमण गर्दै आगामी एक साताभित्रमा एम्बुलेन्स ल्याउनुपर्ने तथा पन्ध्र दिनभित्रमा अन्य विविध समस्याको समस्याको निम्ति पहल गर्नुपर्ने जिल्ला उपाध्यक्ष एल एम लामाले बताएका छन्। दार्जिलिङ पुलबजार खण्डको खण्ड स्तरीय अस्पताल बिजनबारी ग्रामीण अस्पतालको आवस्था अत्यन्तै सोचनीय छ भने साना तिनाबाहेक यहाँ स्वस्थ्य सम्बन्धि कुनै पनि समस्यालाई समाधान गर्ने क्षमता नभएकोले स्थानीय ग्रामीणवासी दार्जिलिङ लगायतको अस्पतालमा निर्भर हुनुपर्ने बाध्यता रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement