ट्रस्ट हाम्रो स्वभिमान ट्रस्ट दिल्लीको कार्यक्रममा अजय एडवाडर्स उपस्थित

IMG-20230918-WA0275.jpg

दार्जीलिङ: हाम्रो स्वभिमान ट्रस्टको कार्यक्रममा हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्स उपस्थित भएका छन्।हाम्रो स्वभिमान ट्रस्टले हरेक वर्ष तीज पर्वको अवसरमा भब्य कार्यक्रमको आयोजना गर्ने गर्छन्। यस वर्ष पनि विगतका वर्षहरूमा झैं हाम्रो स्वभिमान ट्रस्ट दिल्लीमा तीज पर्वको कार्यक्रम भब्य रूपमा पालन गरेको छ। उक्त कार्यक्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई विशेष रूपमा निम्ताएका हुनाले उनले कार्यक्रममा अंश ग्रहण गरेका छन्। कार्यक्रममा केन्द्रीय मन्त्री जोन बारला, दार्जीलिङको सांसद राजु विष्ट लगायत नेपाली साहित्य जगतका वरिष्ठ साहित्यकार एंव लेखक कवि साथै नेपाली प्रतिभाहरूलाई निम्ताएका थिए।

आयोजित कार्यक्रममा नेपाली साहित्य जगतका वरिष्ठ साहित्यकार एंव प्रतिभाहरूलाई सम्मान जनाउने कार्यहरू पनि गरिएको जानकारी प्राप्त भएको छ। कार्यक्रमलाई रोचक बनाउन सांस्कृतिक कार्यक्रमहरूको आयोजना पनि गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement