जीवनदान सेवा समितिद्वारा पुबुङ बस्तीकी सानी तीन महिनाको बिनारी नानीलाई सहयोग

IMG-20230918-WA0296.jpg

सोनादा: सोनादास्थित कलेज भेल्लीको एउटा गैर सरकारी संस्था जीवनदान सेवा समितिले आज पुबुङ बस्तीकी सानी तीन महिनाको नानी जो लिबरको बिरामीले ग्रस्त थिए भने उनको हालै ओपरेशन पनि भएको छ औ तिनको उपचारमा धेरै खर्च लागेको हुँदा थप केही आर्थिक सहयोग प्रदान गर्न नानीको घरमा पुगेका थिए।

त्यहाँ समितिका प्रतिनिधिहरूले बिरामी नानीका बाजे अनि बोज्यू तथा किरण गाउँ समाजका सभापति अनि सचिवसँग भेट गरेर आर्थिक सहयोग प्रदान गरेका छन्। हाल नानीको सफलतापूर्वक हैदराबादमा शल्यक्रिया भएको औ तिनका पिताले नै लिबर डोनेट गरेको परिवार सूत्र अनि किरण गाउँ समाजका सभापति अनि सचिवले बताएका छन्।

त्यसरीनै आजको कार्यक्रमबारे जीवनदान समितिको पक्षबाट मित्र सुब्बाले विशेष जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement