जलपाईगढ़ी: विश्वकर्मा पूजाको दिन जलपाईगढ़ी, मेडला क्याम्प, मैनागुड़ी, रामसाई बजार, र रामसाई बजारको गेटमा हात्तीको माहुतेहरुले क्रमैले राजा, अरण्य, आमना, मधारी, र शीलावती नामका पाँचवटा हात्तीहरुलाई नुहाई धुवाई गरेर सुन्दर ढङ्गमा सजाएर पूजा सम्पन्न गरेको थियो।
मैनागुड़ी र जलपाईगढ़ीमा यसरी हात्तीको पूजा भएको हेर्न सोमबार धेरै भीड़ जमेको थियो।