गोरुबथान: आज सोमबारको दिन दालिम ग्राम पञ्चायतमा ग्राम पञ्चायत निर्वाचनपछिको पहिलो ग्राम सभामा जिल्ला कानुनी सेवा प्राधिकरण कालेबुङ पेरालिगल भोलिन्टियर साथै अनुज्ञालय संस्था बाल सुरक्षा कर्मी उज्जवल राई एवं पेरालिगल भोलिन्टियर राजु सार्की बाल अधिकार एवं कर्तव्य साथै जिल्ला कानुनी सेवा प्राधिकरण बारेमा जनचेतनामुलक कार्यक्रम आयोजना गरियो।
दालिम ग्राम पञ्चायतका कार्यकारिणी सहायक दीपक कुमार खड्का, सचिव कर्ण बहादुर चाम्लिङ, पञ्चायत प्रधान दिपेन विश्व, उप प्रधान वरुण छेत्री, पञ्चायत समिति लिना लेप्चा, पञ्चायत सदस्यहरू क्रमेले रुफिन लेप्चा, सम्झना राई,सर्मिला राई, युगराज शर्मा, लीला राई, ताशिदेन् लेप्चा – लाई जिल्ला कानुनी सेवा प्राधिकरण एवं अनुज्ञालय संस्था पक्षबाट खाँदाद्वारा सबैलाई बधाई एवं स्वागत जनाए।
पेरालिगल भोलिन्टियर राईले छोटकारीमा जिल्ला कानुनी सेवा प्राधिकरणको परिचय दिएपछि नारी एवं बाल बालिकामाथि भई रहेको आपराधिक घटनाबारे जानकारी गराउँदै देशको वर्तमान जनसँख्याको ४३ प्रतिशत नानीहरू जो जनसँख्याको झण्डै ५० प्रतिशत नै हुन्। जो देशको भविष्य हो। तर, राइट टु फ्री एण्ड कम्पलसरी एजुकेशनको आधारमा शिक्षा निश्लोक हुँदा हुँदै पनि शिक्षाको गुणस्तरमा वृद्धि गरिनु जरुरी रहेको छ। साथै मानिसहरूले बाल विवाह, जस्तो गम्भीर अपराधलाई पनि गाउँ घरमा नै मिलाउने प्रथाले धेरै नारीहरू विवाहपछि घरेलु हिंसा, कम उमेरमा नै डीबोसको शिकार भई रहेको बताए। गाउँले, ग्राम पञ्चायत एवं खण्ड स्तरीय बाल सुरक्षा समितिको कार्यकारिणी सदस्य एवं कर्तव्य के के हुन्। साथै साधारण मानिसले पनि यसमा चासो लिनु अनिवार्य रहेको बताए। कुनै पनि नानी, गाँउ, परिचय बिनानै बाल यौन शोषण, एरली मर्रिएजे, घरेलु हिंसाबारे बारे पनि बताए। यसरी नै पेरा लिगल भोलिन्टियर राजु सार्की पनि जिल्ला कानुनी सेवा प्राधिकरण के हो, यसको शुरुवात कहिले भयो। यसमा के कस्तो सुविधाहरु उपलब्ध हुन्छ। यसको फाइदा कसरी लिनु सकिने। बाल बालिका, महिला, पुरुषहरुको निम्ति यसमा कस्तो कस्तो प्रावधान छ। अनुसूचित जाति र जनजातिले कसरी सेवा प्राप्त गर्ने बारे विस्तृतमा जानकारी गराए। बाल यौन शोषणको पीडितलाई आफू सपोर्ट परसन्को रूपमा चयन भएको हुनाले यस्तो केसमा कस्तो सहयोग हुने एवं आरोपीको कारावास पछि पनि यदि पीडितको परिवारमा कुनै धम्की केस वापस लिने चाप समाज वा अरूबाट आए के हुने जस्तो विषयमा पनि विस्तृत जानकारी गराए।