राजीव विश्वकर्मालाई विद्यावारिधि प्राप्त

f97b5de0-3385-4322-81cf-6895b6e064aa

मालबजारः राजीव विश्वकर्माले विद्यावारिधि (पीएचडी) को उपाधि उत्तर बङ्ग विश्वविद्यालयको कला वाणिज्य तथा ऐन सङ्काय अन्तर्गत नेपाली विभागद्वारा सञ्चालित विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्। तिनले प्रोफेसर डा मोहन पी दाहालको निर्देशकमा पीएचडी पुरा गरेका हुन्। डुवर्सको बानरहाट थाना अन्तर्गत गोन्द्रापाड़ा चियाबारी निवासी राजीव विश्वकर्माले ‘प्रदीप गुरुङका आख्यान-कृतिहरूको विषयपरक अध्ययन’ नामक विषयमा शोध गरेका छन्। राजीव विश्वकर्मा माल परिमल मित्र स्मृति महाविद्यालयमा विगत ८ वर्षदेखि उपप्रध्यापक (एसिस्टेन्ट प्रोफेसर) का रूपमा कार्यरत छन्। डा विश्वकर्माले प्रारम्भिक शिक्षा सामसिङ यङटङ प्राथमिक पाठशालाबाट सुरु गरेका थिए। तिनले कक्षा आठौँसम्म सामसिङ उच्च माध्यमिक विद्यालय त्यसपछि बाग्राकोट उच्चत्तर माध्यमिक विद्यालयबाट बाह्र कक्षासम्म पढेर सिलगढी कलेजबाट नेपाली अनर्स समाप्त गरेका हुन्। त्यसपछि तिनले उत्तर बङ्ग विश्वविद्यालयबाट सन् २०१० सालमा एमए अनि २०१६ मा युजीसी नेट उतीर्ण गरेका हुन्।

पिता विक्रम विश्वकर्मा र माता लक्खी विश्वकर्माको जेठो सुपुत्र डा राजीव विश्वकर्मा नेपाली साहित्यमा एकजना समालोचक, कवि र कुशल उद्घोषक अनि मञ्चीय काव्य-प्रस्तोताको रूपमा परिचित छन्। तिनले अध्ययन केही ( लेखहरूको सङ्ग्रह-२०१८), कृष्णचुडा (कवितासङ्ग्रह -२०१९) कृतिहरू प्रकाशित गरेका छन्। डा राजीव विश्वकर्माको यस उपलब्धीप्रति डुवर्सका संघ संस्थाहरूले खुशी प्रकट गरेका छन्। डा. राजीव विश्वकर्माले साहित्य र शिक्षा क्षेत्रमा उदाहरणीय कार्यहरू गरेर देखाउने छन् भन्ने कुरामा डुवर्सका संघ संस्थाहरूको विश्वास रहेको छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement