विश्वविद्यालयहरूको आर्थिक नाकाबन्दीको तयारीमा बंगाल सरकार

IMG-20230410-WA0169-11-300x172-7

कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यको जुनैपनि विश्वविद्यालयले राज्यपाल डा. सीवी आनन्द बोसको निर्देशहरूको पालना गर्नेछ, त्यस विरूद्ध राज्य सरकारले वित्तीय नाकाबन्दी गर्ने चेताउनी दिएकी थिइन्। अब राज्यका ११ विश्वविद्यालयहरूका फाइनेन्शियल अधिकारीहरूलाई सचिवालयमा बोलाइएपछि यसको चर्चा हुन थालेको छ। राज्य सचिवालय सूत्रहरू अनुसार, यी ती विश्वविद्यालय हुन्, जसका कुलपति र रजिस्ट्रार लगातार राज्यपालको सम्पर्कमा रहेका छन्। यिनीहरूलाई पठाइएको चिट्ठीमा सचिवालयमा राज्य सरकारको तर्फबाट यी विश्वविद्यालयलाई दिइने फण्डमाथि चर्चा हुने बताइएको छ।

११ विश्वविद्यालयका वित्त अधिकारीहरूलाई आगामी बुधवार दिउँसो उपस्थित रहनु भनिएको छ। बैठकको निम्ति बोलाइएका विश्वविद्यालयहरूमा जादवपुर विश्वविद्यालय, कलकत्ता विश्वविद्यालय र प्रेसीडेन्सी विश्वविद्यालय सामेल छैनन् तर यी विश्वविद्यालयहरूका विरोधी जूटा, कुटा जस्ता शिक्षक संगठनहरूले एकसाथ प्रेस विज्ञप्ति जारी गरेका छन्। रवीन्द्र भारती, बर्दवान विश्वविद्यालय, विद्यासागर विश्वविद्यालय, कल्याणी विश्वविद्यालय समय १३ विश्वविद्यालयका शिक्षक संगठनहरूले यस बैठकको विरोध गरेका छन्।

बुधवार नवान्नमा बोलाइएका विश्वविद्यालयहरूको सूचीमा काजी नजरूल विश्वविद्यालय, डायमन्ड हार्बर महिला विश्वविद्यालय, कूचबिहारको पंचानन वर्मा विश्वविद्यालय, गौड़बंगा विश्वविद्यालय, विद्यासागर विश्वविद्यालय, सिद्धो-कान्हो-बिरसा विश्वविद्यालय, कल्याणी विश्वविद्यालय, बर्दवान विश्वविद्यालय, रवीन्द्र भारती विश्वविद्यालय, उत्तर बंगाल विश्वविद्यालय र पश्चिम बंगाल राज्य विश्वविद्यालय सामेल छन्। सचिवालयको तर्फबाट भनियो, यी ११ विश्वविद्यालयहरूका वित्त अधिकारीहरू बैठकमा उपस्थित हुनपर्नेछ। यदि आवश्यकता भए उनीहरूले आफूसित एक प्रभारी कार्यकर्ता पनि ल्याउन सक्छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement