बीएसएफले भारतीय तस्करलाई पक्राउ

IMG-20230410-WA0169-11-300x172-7

दक्षिण दिनाजपुरः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको रायगंज सेक्टर अन्तर्गत ६१औं बटालियन सीमा सुरक्षा बल (बीएसएफ) को बीओपी गोविन्दपुरका सतर्क जवानहरूले एक भारतीय तस्करलाई पक्राउ गरेका छन्। पक्रा परेको तस्करको नाम सुशान्त सरकार (५८) बताइएको छ।

प्राप्त जानकारी अनुसार, सुशान्त सरकारलाई जवानहरूले त्यस समय समाए जब तस्कर भारत-बांग्लादेश सीमा नजिक भारतीय गाउँ गोविन्दपुरको सामान्य क्षेत्रदेखि साइकलमा आफ्नो घर गइऱहेको थियो। गेटमा दैनिक तलाशीमा उसको साइकलबाट ४५० पीस याबा ट्याबलेट्स उद्धार भयो। जसको अनुमानित बजार मूल्य लगभग २ लाख २५ हजार रूपियाँ छ। उसले यसलाई साइकलको ह्याण्डलमा गुप्त रूपमा लुकाएको थियो। पक्रा परेको तस्करलाई जफत समानको साथ अघिको कारबाहीको निम्ति हिली थानालाई सुम्पिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement