हार्डवेयर व्यावसायी ठगियो, थानामा उजुरी दर्ता

IMG-20220712-WA0144.jpg

कालचिनी: कालचिनी थाना अन्तर्गत हेमिल्टनगञ्जका एकजना हार्डवेयर व्यावसायी सुदिप सुत्रधर अनलाईन ठगको शिकार बनेको घटना प्रकासमा आएको छ। प्रताड़ित व्यावसायी सुदिप सुत्रधरले बताए अनुसार आज विहान १० बजी कथित हाँसीमारा वायुसेना छाउनीको सेना अधिकारी द्वारा सुदिप सुत्रधरलाई फोन मार्फत केही रड र् प्यानलहरु मिलाई प्रायः ४३ हजार ७०० रुपियाँको समान हाँसीमारा वायुसेना छाउनीको २ नम्बर गेट संलग्न क्षेत्रमा ल्याउने र त्यसको रकम अनलाईन भुगतान गर्ने भन्दै बारकोड मागेको थियो।
व्यावसायीले सेनाको मान्छे सम्झेर विश्वास गर्दै तथाकथित सेना अधिकारीले भने अनुसार एकैचोटी बिल तिर्ने तर यसको अघि लेनदेनको लागि सरसमानको कुल मूल्यको रकम पहिला ट्रान्सफर गर्ने भनिएपछि केही शङ्का लाग्दै भएता पनि व्यावसायी सुदिप सुत्रधरले २४ हजार रुपियाँ कथित सेना अधिकारीको एकाउन्टमा पठाएको थियो।
फेरि रहल रकम पनि हाल्ने फोन मार्फत दवाब गर्दा व्यावसायीलाई शङ्का लागेर प्रथमत ब्याङ्कमा सोध्न जाँदा ब्याङ्कले यस्तो नियम नभएको बताएपछि छाँगोबाट झरे सरह भएको थियो। तब तिनले आफू ठगिएको चाल पाएर कालचिनी थानामा अभियोग दर्ता गरेको छ। फोन गर्ने तथाकथित सेना अनिल कुमार र रुपियाँ ट्रान्जेक्सनको आईडी प्रसेनजीत चक्रवर्तीको नाममा रहेको र आज थानामा प्राथमिकी दर्ता गरिएपछि कालचिनी थानाको प्रभारी टीएन लामाले यो साइबर क्राइमको मामिला रहेकोले यसलाई साइबर क्राइम थानामा पठाईएको जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement