खरसाङ: भागोप्रमो टाउन कमिटीको वार्ड पसौं धारावाहिक कार्यक्रम चलिरहेको छ। यसै अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर ९ को जनजागरण समिति भवनमा भागोप्रमोको सांगठनिक सभा सम्पन्न भयो। सभाको अध्यक्षता आरपी शर्माले गरेका थिए भने सभाको सञ्चालन टाउन कमिटिको युवा शक्तिको मूल सचिव बन्धन लामाले गरेका थिए। सभाको पहिलो चरणमा वार्डलवासीको तर्फबाट सांगठनिक विषयमा भईरहेको आजसम्मको चर्चा परिचर्चा गरियो साथै वार्डभित्र वार्डवासीले के कस्तो समस्याहरू भोगिरहेका छन् त्यसको विस्तृत जानकारी गराइयो। अब वार्डको कुन कुन ठाउँमा खोला, झोडा, नाला, बाटो मुख्य रूपले बनाउन पर्ने आवश्यक रहेको जानकारी गराइएको छ। यसको साथै वार्डवासीले भोग्नु परिरहेको पानीको समस्या साथै सार्वजनिक भवनको जिर्ण अवस्थाको पनि अवगत गराएका छन्। वार्डको पक्षबाट रिता शेर्पा, युवा शक्ति सभापति रमेश थापा, लक्ष्मी तामाङ, जयबहादुर छेत्री, निर्मला बराईली, बिमल मुखिया अनि अन्यले सभालाई सम्बोधन गरेका थिए। सभाको दोस्रो चरणमा टाउन कमिटि कार्यवाहक सचिव बिरबल पाखरीनले सभालाई सम्बोधन गर्दै पार्टीलाई बलियो बनाउनको निम्ति वार्डवासीलाई आह्वान् गरे। उनले पार्टी अध्यक्ष अनित थापाको मार्गलाई अनुसरण गर्दै पार्टीको पदाधिकारीले जनताको हितको निम्ति काम गर्नु पर्ने सुझाव राखे। नारी शक्ति अध्यक्षा सबिता कार्कीले उपस्थित नारी शक्तिलाई पाटीको सांगठनिक क्रियाकलापको मूलधारामा सहभागी हुने आह्वान् गरिन्। सभामा उपस्थित जनताले एचएफए घर विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै यस घर विषयको तक्निकी समस्या अनि समाधानको सरल भाषामा जानकारी गराएका छन्। सभामा सभासदश्याम शेर्पाले वार्ड नम्बर ९ मा प्राय: नै भ्रमण गरिरहेको बताए। उनले वार्डको निम्ति विकासको काम विषयमा भईरहेको आधिकारिक प्रक्रियाको विस्तृत जानकारी गराए। अमृत दुई प्रोजेक्टद्वारा नगरपालिकामार्फत् पिउने पानीको व्यवस्था नगरपालिका क्षेत्रमा चाढै नै हुन गईरहेको बताए। भागोप्रमो केन्द्रीय सदस्य एंव खरसाङ टाउन कमिटीको को-अर्डिनेटर समीरदीप ब्लोनले सभालाई सम्बोधन गर्दै प्यारेन्ट्स बडीको कमिटि वार्डमा हुन आवश्यक बताए। उनले वार्डभित्रको पार्टीको पदाधिकारीहरु पार्टीको सभामा अनिवार्य रुपमा उपस्थित हुनु पर्ने कुरालाई जोड दिए। उनले पार्टी अध्यक्ष अनित थापाको कर्म ठीक भएको कारण हामीले उनलाई पूर्ण साथ र समर्थन दिनु पर्ने बताउँदै विशेष रूपले विगत दिनमा पुरानो प्लाजा सिनेमा हलमुनिको झोडा सफा गरेको खण्डमा आनन्द लामालाई ताली बजाएर धन्यवाद ज्ञापन गरियो। बन्धन लामाले टुरिष्ट लजदेखि सुधापा टोलसम्म बाटोको बत्ती जडान गर्नु आवश्यक रहेको कुरा सभामा राखे। अन्त्यमा सभाध्यक्षले भागोप्रमो पहाडमा शान्ति ल्याउने राजनैतिक पाटी रहेको बताए। उनले अनित थापाको रूपमा हामीले नेता होईन तर पहाड़ र जनताको निम्ति भलो सोच्ने एक असल राजा पाएको बताए। पार्टीको तर्फबाट टाउन कमिटी सह सचिव संजय मुखिया, कोषाध्यक्ष राजेन प्रधान, कार्यकारिणी सदस्य सन्तोष पटहरी, टाउन कमिटी नारी शक्तिको उप सभापति नितु गुरुङ, सांगठनिक सचिवा अनु प्रधान, सह सचिवा निर्मला बराईली, बिमल मुखिया (सल्लाहकार युवा शक्ति), पप्पु लेप्चा , युवा शक्ति मूल सचिव बन्धन लामा अनि वार्डको पार्टीको सभापति, सचिव अनि सदस्यहरु उपस्थित थिए भनी जानकारी टाउन कमिटिको पक्षमा कार्यवाहक सचिव बिरबल पाखरीनले दिएका छन्।