मोहम्मद अब्बासको जमानत याचिका रद्द

IMG-20230918-WA0225.jpg

सिलगढ़ी: नाबालिक छात्रीको हत्यारोपी मोहम्मद अब्बासलाई सोमबार १४ दिनको जेल हिरासतपछि सिलगढ़ी अदालतमा ल्याईएको थियो भने तिनको याचिकालाई अदालतले सोझै खारेज गर्दै जेल हिफाजतमा पठाए। आउँदो सुनवाई आगामी २९ सेप्टेम्बरको दिन हुनेछ। अर्कोतिर जस्टिस फर अभया नामक संगठनको पक्षबाट अदालत परिसरमा विरोध प्रदर्शन गर्दै हत्यारालाई फाँसीको सजाय दिनु पर्ने माग गरिएको थियो। स्मरण गराईन्छ, विगत २१ अगस्तको दिन सिलगढ़ीको मतिगढ़ा क्षेत्रमा नाबालिक स्कूले छात्रीको खुनले लथपथ भएको शव बरामद गरिएको थियो भने केही घन्टाभित्रै आरोपी मोहम्मद अब्बासलाई पक्राउ गरिएको थियो। घटनापछि हत्यारोपी मोहम्मद अब्बासलाई फाँसीको सजाय दिनु पर्ने दाबीमा विरोध प्रदर्शन भईरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement